अवैध सुन प्रकरण
कोटेश्वर महादेवस्थानबाट कृष्ण श्रेष्ठ पक्राउ
बिहीबार, ०४ साउन २०८०, २२ : ०५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा थप १ जनालाई पक्राउ गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले कृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलसँगको समन्वयमा कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरिएका श्रेष्ठको ठेगाना खुलेको छैन ।
यसअघि कोटेश्वरबाट नै विभागको टोलीले राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको संख्या १० जना पुगेको छ ।
श्रेष्ठ ट्रान्स ग्लोबल सर्भिसेस प्रालिका अध्यक्ष हुन् । यसअघि यसै कम्पनीका फाइनान्स डाइरेक्टर पुष्करराज भट्टलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण