ट्रान्स ग्लोबलका सञ्चालक पुष्करराज भट्ट पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ थप दुईजना पक्राउ परेका छन् । काठमाडौँको कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार श्रेष्ठको ठेगाना खुलेको छैन ।
काठमाडौँबाटै पुष्करराज भट्टलाई पनि पक्राउ गरिएको छ । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् । राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलसँगको समन्वयमा ५ वटा टोली बनाएर अपरेशन गरिरहेको छ । सो ‘विशेष अपरेशन’को कमाण्ड राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गरेका छन् । सशस्त्र प्रहरीका डिएसपी प्रदिप राईसहितको सशस्त्रको टिम अपरेशनमा खटिएको छ ।
असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । ‘रेडी ट्रेड’सँग ‘ट्रान्स ग्लोबल सर्भिस’को कनेक्सन देखिएको अनुसन्धानमा संलग्न एकजन अधिकृतले रातोपाटीलाई बताए ।
चिन उड्न लागेका चिनियाँ नागरिक जीक्वाङ लिन दिउँसो अध्यागमन विभागबाट सुन ओसार पसारमा संलग्न आरोपमा पक्राउ परेका थिए । चुवानलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले रातोपाटीलाई बताए ।
लिनले भाडामा लिएको बालुवाटारस्थित घरमा राजस्व अनुसन्धान विभागको टोलीले गएराति नै छापा मारेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । गोदाममा ३–४ वटा बक्सा फेला परेको छ । बक्सामा सुन रहेको आशंकामा सिल गरेर राखिएको छ ।
अहिलेसम्म पक्राउ पर्नेहरुको संख्या ९ जना पुगेको छ । बुधबार राति सुन ओसारपसारमा संलग्न अरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतिय नागरिक थाप्तेन छिरिङ छन् ।
बा. २ च २३२४ नम्बरको ट्याक्सि चालक अशोक लामा पनि राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण