५० वर्षका अर्जुन रामपाल चौथो पटक बने बुवा, प्रेमिका गेब्रिएला दोस्रो पटक बनिन् आमा
बलिउडका चर्चित अभिनेतामध्ये एक अर्जुन रामपाल ५० वर्षको उमेरमा चौथो पटक बुवा बनेका छन् । यसबारे उनी आफैँले सोसल मिडियामार्फत जानकारी दिएका हुन् । उनको पोस्टमा धेरैले बधाईसमेत दिएका छन् ।
अर्जुन रामपालकी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स दोस्रो पटक गर्भवती भएपछि चर्चामा आएकी थिइन् । २० जुलाईमा यी दुईले आफ्नो दोस्रो बच्चालाई स्वागत गरेका हुन् ।
अर्जुन रामपालले ‘हेलो वर्ल्ड’ लेखिएको तस्बिरसहित लेखे, ‘मेरो परिवारमा आज एक सुन्दर बेबी बोयको जन्म भएको छ । आमा र छोरा दुवैको स्वास्थ्य ठिक छ । डाक्टर र नर्सको टिमलाई धन्यवाद । हामी असाध्यै खुसी भएका छौँ । तपाईंहरु सबैलाई प्रेम र समर्थनका लागि धन्यवाद ।’
सन् २०१८ मा भएको थियो गेब्रिएलासँग भेट
अर्जुन र गेब्रिएलाले हालसम्म विवाह गरेका छैनन् । यी दुई लिभइनमा बस्छन् । जेठी श्रीमतीबाट छुट्टिएपछि यी दुईको भेट एक साथीमार्फत भएको थियो । सन् २०१८ मा यी दुई प्रेम सम्बन्धमा रहे र सन् २०१९ मा यी दुईले छोरो एरिक रामपाललाई स्वागत गरेका थिए ।
जेठी श्रीमतीबाट छन् दुई छोरी
अर्जुनका जेठी श्रीमती मेहर जेसियाबाट दुई छोरी छन् । माहिका रामपाल र मायरा रामपाल । यी दुई छोरीहरू अर्जुनसँग असाध्यै नजिक छन् । सन् २०१९ मा उनको जेठी श्रीमतीसँग आधिकारिक रूपमा सम्बन्धविच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण