कांग्रेस बैठकमा आरजुको आक्रोश : आलोचना बन्द गर्नुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् ।
जारी केन्द्रीय समिति बैठकको चौथो दिन आफ्नो धारणा राख्ने क्रममा नेतृ देउवाले सार्वजनिक रूपमा पार्टी नेता र नेतृत्वप्रति भएको आलोचना बन्द गर्नुपर्ने बताएकी हुन् । साथै उनले क्रियाशील सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताइन् ।
‘क्रियाशील सदस्यता के के पुरा गरेपछि मात्र दिनुपर्ने हो त्यो किटान गर्नुपर्यो । अरूले पार्टीले दिए भन्दैमा हामी त्यसैमा किन दौडने ?’, प्रश्न गर्दै देउवाले भनिन्– ‘हाम्रो त जनताले प्रिन्सिपल बुझेको पार्टी हो, पुरानो पाटी पनि हो, हाम्रो आफ्नै प्रिन्सिपल छ ।’
उनले राजनीति गर्ने भनेकै असहज स्थितिमा गर्ने भन्दै पार्टीमा आबद्ध नेता कार्यकर्ता सबै पार्टीको सिद्धान्तअनुसार चल्न नसकेको बताइन् ।
‘पार्टी सिद्धान्तअनुसार चल्नुपर्यो । निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनै पर्ने भनेको छ । हाम्रो पार्टीको त्यसमा के योजना हो ?’, उनले दलितहरूका लागि पनि आवश्यक मापदण्ड बनाउनुपर्नेमा जोड दिँदै समानुपातिकको व्यवस्था कहिलेसम्म राख्ने हो भनेर प्रश्न गरिन् ।
साथै उनले देशको सरकार कसरी चलेको छ भनेर यसबारे समेत बहस गर्न जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण