प्रकाश सपुतको नयाँ गीत 'दमाई महाराज' सार्वजनिक
शुक्रबार, ०५ साउन २०८०, २० : ५६
काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत 'दमाई महाराज' सार्वजनिक भएको छ। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।
सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।
गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियाेमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको भिडियो प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडियाेमा प्रकाश सपुतले नै निर्देशन रहेकाे छ ।
केही अगाडि सपुतले गीतसंगीतको माध्यमबाट यो वर्ष जातीय विभेदविरुद्ध काम गर्ने बताएका थिए। यो गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरुद्ध आवाज उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण