बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास

शुक्रबार, ०५ साउन २०८०, २१ : ४०
शुक्रबार, ०५ साउन २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो ।

यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले ४१ फिट चौडाइको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने तथा मुख्य सडकको चाप कम गर्न मद्दत गर्ने बताए । उनले अस्पताल र कालिका मन्दिरको क्षेत्रमा आवश्यक पर्खाल उपमहानगरपालिकाले लगाउने गरी सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताए ।

“कालिका पथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ”, उनले भने, “यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ ।” सो क्षेत्रमा डोजर लगाएर उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयवासीले खुसी प्रकट गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप