आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका बारा जिल्ला सचिव यादवमाथि कुटपिट, प्रहरीविरुद्ध आन्दोलन

शुक्रबार, ०५ साउन २०८०, २२ : ३२
शुक्रबार, ०५ साउन २०८०

बारा । नेपाली कांग्रेसका बारा जिल्ला सचिव तथा मानवअधिकारकर्मी भैयाराम यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन गर्न माग गर्दै कांग्रेसले शुक्रबार पनि कलैयामा प्रदर्शन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार राति यादवमाथि कुटपिट भएको घटनापछि आन्दोलित बनेको कांग्रेसले ३ दिनदेखि प्रहरीविरुद्धको प्रदर्शन जारी राखेको हो ।

सो घटनामा संलग्न प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी कांग्रेसले  दिएको छ ।

नेपाली कांग्रेसका बारा  क्षेत्र नं ३ का क्षेत्रिय सभापति प्रभातकुमार चौरासियाले  प्रहरीले गरेको अमानवीय व्यवहारको विरुद्ध आन्दोलन गरिएको बताए ।

v3

‘मानवता नभएको प्रहरीलाई पदमा बसिरहने अधिकार छैन्, त्यस्तो मान्छेको  निलम्बन हुनुपर्छ  भन्ने हामो माग हो’ क्षेत्रिय सभापति  चौरासियाले भने । आजको आन्दोलनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नेकपा एस, जसपा, लोसपाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

कलैया–बघवन सडकमा तीन साताअघि रोकिराखेको पिकअप भ्यानमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । लाइसेन्स नभएको मोटरसाइकल चालक रोकिराखेको गाडीमा आएर ठोकिएर दुर्घटना भएको घटनामा क्षति कति दिने भन्ने विषयमा छलफल भइरहेको थियो ।

घाइते मोटरसाइकल चालकको उपचार खर्चमध्ये ७० प्रतिशत गाडी धनी र तीन प्रतिशत स्वयम्ले नै व्योहोर्ने विषयमा भएको सहमतिपत्रमा गाडी चालकले हस्ताक्षर नगरेपछि प्रहरी कार्यलयमा तनावको अवस्था सिर्जना भएको थियो ।

सोही क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्चहरु दलाल हुन्’ भनेपछि विवाद बढेको र विरोध गर्ने क्रममा आफूमाथि कुटपिट भएको यादवले बताएका छन् । कुटपिटबाट यादवको अनुहार र ढाडमा चोट लागेको छ ।

घटनामा संग्लन प्रहरीलाई विभागीय कारबाही

कांग्रेसका बारा जिल्ला सचिवमाथि कुटपिटको घटनामा चौतर्फी विरोध भएपछि घटनामा संग्लन प्रहरीलाई  विभागीय कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक होबिन्द्र बोगटीले कारवाहीस्वरुप प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई सरुवा गरिएको बताएका छन् ।

v4

‘प्रहरी संयमित भएको भए यो घटना हुने थिएन, दुवै पक्षले आफ्नो संवेदशशिलता गुमाउँदा नहुनुपर्ने घटना भयो, यो घटना प्रति म अत्यन्तै दुखी भएको छु, प्रहरी कार्यलयभित्र यस्ता घटना हुनु हुँदैन्’ प्रहरी उपरीक्षक बोगटीले भने- ‘यर्थाथ कुरा छानबिन गरेर उनीहरुलाई विभागीय कारबाही गर्ने प्रकिया अगाडि बढिसकेको छ हामीले आज नै मधेश प्रदेशको विभागीय कार्यलयमा लेखि पठाइसकेका छौ’ ।

घटनामा संग्लनमध्ये प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेलाई तत्कालका लागि जनकपुर र प्रहरी निरीक्षक रुपेश साहलाई ओखलढुंगा सरुवा गरिएको जिल्ला प्रहरी  कार्यलय बाराले जनाएको छ ।  

विभागीय कारबाहीले मेरो पीडा कम हुँदैन :  यादव

नेपाली कांग्रेसका बारा जिल्ला सचिव भैयाराम यादवले घटनामा संग्लन प्रहरीलाई विभागीय कारवाही गरेर मात्रै आफ्नो पीडा कम नहुने बताएका छन् ।

‘उहाँले बुटले ढाडमा हिर्काउँदा मेरो ढाडमा समस्या आएको छ, निको भइसकेको पुरानो ढाडको समस्या पुन बल्झिएर धेरै पीडा भएको छ, घटनामा संग्लनलाई विभागीय कारबाही गरेर भन्दा पनि मैले अनुभूति हुनेगरी कारबाही हुनुपर्छ’ यादवले भने,  ‘संस्थाको गरिमा घटाउने दुष्ट प्रहरीलाई निलम्बन गनुपर्छ ।’ 

प्रहरीले आफूलाई ५० औ पटक  गालामा झापड हिर्काएको यादवले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप