लघुकथा : सिस्टम
“कस्तो फोहोर हो । झ्याल त खोल्नै नहुने, गनाएर नाक नै फुट्ला जस्तो छ ।” उसले भन्यो ।
“के गर्नु, सबै मान्छे सहरमा नै थुप्रो लाग्नु पर्ने भएपछि बिजोग हुँदो रहेछ ।” माइक्रो बसमा सँगै बसेको यात्रुले जवाफ दियो ।
“देश सिस्टममा चल्नु पर्छ सर । आफू त विदेश बसेर आएको, यहाँको गति देख्दा उदेक लाग्छ ।” उसले धाक लायो ।
“के गर्नु अब । गाउँमा मानिस बस्न छोडे । सहरमा व्यवस्थापन गर्न समस्या भयो । अलि हुने खाने राम्रैसँग बसेका छन् । गरिबी बढेपछि सहरमा फोहोर मैलाको समस्या बढ्दै जाँदो रहेछ ।” सँगैको यात्रुले विचार राखे ।
अघिबाट कहिले एउटा, कहिले अर्को खल्ती छाम्दै उसले भन्यो, “म गएको विदेशको सहरमा त कति धेरै जनसङ्ख्या थियो । मान्छे त कीरा बराबर सरावर थिए । तर कतै फोहर मैला देखिँदैनथ्यो ।”
उसले खल्तीबाट सुर्तीको प्याकेट निकाल्यो र सुर्ती झिकेर मुखमा च्याप्यो । झ्याल खोलेर खाली प्याकेट बाहिर फाल्यो । एक पटक पिच्च बाहिर थुक्यो र झ्याल लगाउँदै पुनः भन्न थाल्यो, “गरे के हुँदैन सर ?”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण