डियर जिन्दगी
तिमीलाई एक बुँद
खुसी दिनको लागि
बामे सर्दै, कुद्दै र दौडँदै
रात दिन नभेटिने गन्तव्य छुन
आफ्नै परिधिको वारपार
विश्वको कल्पना सागर तर्न
तयार छ मनस्थिति ।
कहिले ज्ञानको खोजीमा
कहिले जीवन चलाउने अभिलाषामा,
कहिले खुसी दिन र प्राप्त गर्ने आशमा
दुर्लभ रूपमा प्राप्ति हुने,
सम्बन्धका अमृत मोहमा
अन्त्यमा आफ्नै मनको
गोलचक्करमा घुमिरहेछ जिन्दगी ।
जीवनको पूर्वार्द्धमा जन्मिएको बखत
आमाको खुसीको निमित्त
अलिकति ठुलो हुँदा
सपना पूरा गर्न अनेकन् सम्झौतासँग
दुःखद कालमा खोक्रा मानव मस्तिष्कसँग
र, आफ्नै मनका घाउहरूसँग घुमिरहेछ जिन्दगी ।
जीवनको उत्तरार्द्धमा आफ्नैहरुसँग निरुत्तर भएर
बनाएका आत्मीय सँगको आशा, निराशातिर गएर
आफ्नो अतृप्त हाँसो सापटी मागिरहेछ
यमराजसँग जीवन बन्धकी राखेर पनि
पल पल मर्दै बाँचिरहेछ जिन्दगी ।
वर्तमान अवस्थामा आफू बलवान हुँदा खेरी
निर्बलहरूलाई बनाइएको प्रयोगशालामा
किन आफैँप्रति प्रतिबिम्बित हुँदै
आयो भनेर प्रश्न गर्दै छ जिन्दगी ।
तर जे होस्, आफ्नो ब्रह्म ज्ञानले गरेका
असल कर्महरूलाई एकत्रित गरेर
ईश्वरको पानाबाट खुसीको मसीले जीवन रङ्गाउँदा
आफैसँग पुलकित भई,
परमात्मासँग उमेर सापटी मागिरहेछ जिन्दगी ।
दीन दुःखीका निमित्त बोझ नबनोस् यो मानव नगरी
ईश्वरको कलमद्वारा हरदम सत्यमार्गीको बाटोभरि
सुन्दरताले भरिपूर्ण सुगन्धित बाटोका निर्माण अनि,
विचरण गर्न सकोस् यो जिन्दगी ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण