भारत र बंगलादेशबीचको रोमाञ्चक एकदिवसीय खेल बराबरी
ढाका । ढाकामा जारी भारत र बंगलादेश महिला क्रिकेट टिमबीचको तेस्रो एकदिवसीय खेल बराबरीमा सकिएको छ । दुई टोलीबीचको एकदिवसीय खेलमा बराबरी भएको यो पहिलो पटक हो ।
एकदिवसीय शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा बंगलादेश महिला क्रिकेट टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर २२५ रन बनाएको थियो । जवाफमा भारतीय टोली ४९.३ ओभरमा २२५ रन बनाएर अलआउट भयो ।
भारतीय टोलीको स्कोर ४७ औं ओभरको पाँचौँ बलसम्म ६ विकेटमा २१६ रन थियो । त्यसपछि जितका लागि १९ बलमा १० रन मात्र आवश्यक थियो तर अर्को बलमा रबाया खानले अमनजोत कौरलाई आउट गरिन् । यसपछि ४८ औं ओभरमा ठूलो टर्निङ प्वाइन्ट आयो जब नाहिदा अख्तरले पहिले स्नेह राणालाई शून्य रनमा आउट गरिन् । त्यसपछि देविका वैद्य पनि आफ्नो बलमा खाता नखोल्दै पभिलियन फर्किइन् ।
यो ओभरमा अख्तरले एक रन दिएर दुई विकेट लिएकी थिइन् । अब भारतीय टोलीको अन्तिम जोडी पिचमा थियो। ४९ औं ओभरमा ६ रन बनेको थियो । जितका लागि अन्तिम ओभरमा तीन रन आवश्यक थियो। पहिलो दुई बलमा दुई रन बनाए पनि अर्को बलमा मारुफा अख्तरले मेघना सिंहलाई आउट गर्दै खेल बराबरीमा ल्याइन् ।
योसँगै दुई टोलीबीचको तीन एकदिवसीय खेलको शृङ्खला पनि १–१ को बराबरीमा पुगेको छ । बंगलादेशका लागि फरगाना हकले यस खेलमा सर्वाधिक १०७ रन बनाएकी थिइन् । फरगाना हक एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो महिला क्रिकेटर बनेकी छिन् ।
भारतका लागि हरलिन देवलले सर्वाधिक ७७ रन बनाएकी थिइन् । हरलिन ‘प्लेयर अफ द म्याच’ चुनिइन् भने फरगाना प्लेयर अफ द सिरिज बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण