मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको मुखियापट्टीस्थित दशगजा क्षेत्रमा महिलाको शव फेला

शनिबार, ०६ साउन २०८०, २२ : १८
शनिबार, ०६ साउन २०८०

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगजा क्षेत्रमा एक महिलाको शव फेला परेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगजा क्षेत्रमा शनिबार राति गोली हानेर हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनास्थलमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का स्वयं पुगेर अनुसन्धान सुरू गरेका छन् । गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको उनले बताए ।

सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर घटनाबारे थप अनुसन्धान सुरू गरिएको एसपी खड्काले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप