नेपाल क्लियरिङ हाउस सम्मानित
काठमाडौँ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ ।
एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टड अकाउन्टेन्स् अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले आईक्यान तथा साउन एसियन फेडेरेशशन अफ एकाउन्ट्सबाट विभिन्न पुरस्कार तथा सम्मानहरू प्राप्त गरेको थियो ।
कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैँ आत्मसात् गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्त्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण