आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जुबली शेर्पा बनिन् मिस नेपाल नर्थ अमेरिका

आइतबार, ०७ साउन २०८०, १४ : २५
आइतबार, ०७ साउन २०८०

अमेरिका ।  न्यूयोर्क शहरमा आयोजना भएको  मिस नेपाल नर्थ अमेरिका–२०२३ को टाइटल जुवली शेर्पाले जितेकी छन् । मिस नेपाल नर्थ अमेरिका विजेता शेर्पाले अन्य १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि हात पारेकी छन् । 

यसैगरी प्रतियोगिताको फस्ट रनरअप रजिला बास्तोला र सेकेण्ड रनरअप इसा सुवेदी भए । उक्त प्रतियोगिताका लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

 हरेक व अगस्त महिनामा हुँदै आएता पनि यस बर्ष जुलाई महिनामा मात्र प्रतियोगिताको ग्राण्ड फिनाले गरियो ।  

यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने  मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन् ।

सुन्दरी प्रतियोगिताको लागि नेपालबाट नायिका प्रियका कार्की, आयुष्मान देशराज जोशी, मिस नेपालका संस्थापक सभापति दिवाकर राजकर्णिकार, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे ,शुभेक्षा खड्का ,सदीक्षा श्रेष्ठ लगायत अमेरिका आएका थिए ।

जसमध्ये निर्णायकको भूमिकामा प्रियंका कार्की, आयुशमान देशराज जोशी, दिवाकर राजकर्णिकार, रेश्मी घिमिरे, मम्पी घोष लगायत ११ जना रहेका थिए ।

विताले सिधै २०२४ मा नेपालमा आयोजना हुने मिस नेपाल प्रतियोगितामा  प्रतिस्पर्धा गर्न पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप