आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच शिष्टाचार भेट

आइतबार, ०७ साउन २०८०, १८ : २९
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।  तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटमा दुई पक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए । 

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । 

युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौँ आइपुगेका हुन । 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्र विज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र «मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप