इरानमा गोली हानी चार प्रहरीको हत्या
तेहरान । इरानको दक्षिण पूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ ।
सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवादी’ आक्रमणमा परी तीन जना प्रहरी मारिएका छन् ।
सरकारी टेलिभिजनका अनुसार चौथो व्यक्तिको उपचारका क्रममा पछि अस्पतालमा मृत्यु भएको थियो ।
आक्रमणको कारण स्पष्ट हुन सकेको छैन ।
गरिब सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादी समूह संलग्न छन् ।
गत जुलाई ८ मा जिहादी जैश अल–अदल समूहले गरेको आक्रमणका क्रममा उक्त प्रान्तमा दुई प्रहरी र चार आक्रमणकारीको मृत्यु भएको थियो ।
गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने एक आतङ्ककारी समूहले’ गरेको थियो तर उसका सदस्यहरू घाइते भएपछि घटनास्थलबाट भागेका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण