सुमनको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन गर्न परिवारकाे माग
बुटवल । बुटवल उपमहानगरपालिका ५ का २० वर्षीय सुमन बिकको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले निष्पक्ष छानबिन गर्न माग गरेको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै परिवारले निष्पक्ष छानबिन गरी न्याय दिन प्रहरीसँग आग्रह गरेको हो ।
बिक असार २४ गते तिनाउ नदीमा मृत भेटिएका थिए । उनका बुबा रस बहादुर विकले मृत्यु शंकास्पद रहेको बताए । रस बहादुर विकले तिनाउ नदीको पुलमा चप्पल भेटिनु र सिसिटिभीको फुटेजको दृश्य हेर्दा मृत्यु शंकास्पद रहेको बताए । रस बहादुरले हत्या भएको १५ दिन हुँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको बताए ।
यस्तै दिदी सुनिता विकले सिसिटिभी फुटेजमा भाइ सिद्धार्थ क्याम्पससम्म पुगेको स्पष्ट देखिएको भएपनि तिनाउबाट स्पष्ट नभएको बताइन् । आफूहरुले प्रहरीलाई सिसिटिभी फुटेज उपलब्ध गराउनेदेखि आवश्यक जानकारी दिने काम गरेपनि अनुसन्धानमा कुनै प्रगति नभएको सुनिता विकले बताइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । उनले मृतकको मोबाइलमा साथीहरूसँग क्लबमा जानेदेखि घर फर्किँदासम्मका सबै कुराहरू भेटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
-
पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
-
मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
-
स्पेनसँगको हारसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा: कस्तो रह्यो उनको ६ विश्वकप करियर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण