मौद्रिक नीतिको धेरै पक्ष राम्रो छ : महत
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरेका हुन् ।
सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोलिसी रेट ६.५ प्रतिशत तोक्दा बैंकले ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्ने जिकिर गरे ।यस्तै जग्गा कारोबार पनि सहज हुने उनको भनाई थियो ।
आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने ढुक्क हुन आग्रह गरे । सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे पत्रकारको राखेको जिज्ञासा महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको प्रस्टाए । उनले मनपरी बोल्ने चलन धेरै रहेको बताउँदै प्रमाण बिना यस्तो बोल्न नहुने बताए ।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टी बैठकमा एउटा कुरा गर्ने अनि बाहिर आएर अर्को हङ्गामा गर्ने भएकाले पार्टी सभापतिले बैठक लाइभ गर्ने निर्णय गरेको बताए । पार्टीको बैठक लाइभ गर्ने निर्णयले अहिले राम्रो भएको उनको भनाई थियो । तर सधैँ गर्ने नगर्न भन्ने बारे भने आवश्यकता अनुसार निर्णय गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण