जया बच्चनले भनिन्, ‘मणिपुरबारे विश्वभरि कुरा भइरहेको छ, भारतमा मात्रै छैन’
भारतको राज्यसभा सांसद तथा दिग्गज अभिनेत्री जया बच्चनले मणिपुरबारे मिडियासँग कुराकानी गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘मणिपुरको विषयमा विश्वभरिका मानिस चर्चा गरिरहेका छन् । हाम्रो आफ्नो देशमा भने यसबारे केही कुरा भइरहेको छैन । योभन्दा बढी म के भन्न सक्छु र ?’
जया बच्चन समाजवादी पार्टीकी सांसद हुन् ।
उनले पत्रकारसँगको कुराकानीमा भनिन्, ‘ यो लाजमर्दो कुरा हो। उनीहरू छलफल गर्न चाहँदैनन् । तपाईंले सदनभित्र जुन दुई राज्यको कुरा गरिरहनुभएको छ, त्यहाँ तपाईंका विपक्षीहरू सत्तामा छन् । तपाईंको राज्यमा के भइरहेको छ । उत्तर प्रदेश, मध्य प्रदेशमा के भइरहेको छ तपाईं भन्नुहोस् न । यिनीहरूको जे जति बाँकी छ, त्यो पनि रहँदैन ।’
मणिपुरको मुद्दाबारे सोमबार भारतको संसद्को दुवै सदनमा हङ्गामा भयो । पछि सदनलाई मङ्गलवारसम्मका लागि स्थगित गरियो ।
लोकसभाका गृहमन्त्री अमित शाह आफू यसबारे चर्चाका लागि तयार भएको बताए । तर विपक्षका सांसदले भने लगातार नारा लगाइरहे ।
विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको मुद्दाबारे संसद्मा आफ्नो धारणा राख्नुपर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण