शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी क्लब अल हिलाल एमबाप्पेका लागि २५ करोड ९० लाख पाउन्ड खर्चन तयार

सोमबार, ०८ साउन २०८०, १७ : ४१
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । साउदी अरेबियन क्लब अल हिलालले फ्रान्सेली स्टार केलियन एमबाप्पेका लागि ठूलो रकम खर्चने भएको छ । पछिल्लो समाचार अनुसार, अह हिलालले २४ वर्षीय स्ट्राइकर एमबाप्पेका लागि दुई सय ५९ मिलियन पाउण्ड खर्चन तयार रहेको जनाएको छ । 

अल हिलालले एमबाप्पेका लागि २५ करोड ९० लाख पाउन्ड (करिब ४३ अर्ब ७७ करोड नेपाली रुपैयाँ) खर्चन तयार रहेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग राखेको छ । कुनैपनि खेलाडीका लागि खर्चन लागिएको यो हालसम्मकै सबैभन्दा बढी रकम हो । 

सन् २०१८ मा पीएसजीमा आबद्ध भएका २४ वर्षीय एमबाप्पेको सम्झौता सन् २०२४ मा सकिँदै छ । त्यसपछि मात्र उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । उनले पीएसजीसँग सम्झौता नविकरण गर्न चाहेका छैनन् । 

स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले लामो समयदेखि एमबाप्पेमाथि आँखा लगाउँदै आएको छ । त्यसैले एमबाप्पेले रियल म्याड्रिड जान नै पीएसजी छाड्न खोजेको अनुमान गरिएको छ । पीएसजीले भने एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निणर्य लिन जुलाई ३१ तारिखसम्मको समय दिएको थियो । तर, एमबाप्पेले भने आफू पीएसजीमा नरहने संकेत दिइसकेका छन् । 

त्यसैले फ्रान्सेली राष्ट्रिय टोलीका कप्तान समेत रहेका एमबाप्पेलाई पीएसजीले ठूलो रकममा अन्य क्लबमा बिक्री गर्ने तयारी गरेको छ । पीएसजीले एसियाको प्रिसिजन टूरमा जाने टोलीमा पनि एमबाप्पेलाई समावेश गरेको छैन । यसलाई पनि पीएसजीले उनलाई बिक्री गर्न खोजेको संकेतको रुपमा हेरिएको छ ।

पीएसजीको उक्त संकेतपछि विभिन्न क्लबले एमबाप्पेमाथि आँखा लगाउँदै आएका छन् । खासगरी साउदी क्लब अल हिलाल र इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले उनीमाथि बढी चासो देखाएका छन् । यसैक्रममा साउदी क्लब अल हिलालले उनका लागि ठूलो रकमको प्रस्ताव गरेको हो । 

विश्व ब्यवसायीक फुटबलमा हालसम्मको सबैभन्दा महंगो सम्झौता पीएसजी र नेमारबीचको सम्झौतालाई लिइन्छ । सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेमारलाई भित्राउन २० करोड पाउन्ड खर्चिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप