मक्कामा साउदी अरबले दियो दाइ–बहिनीलाई मृत्युदण्डको सजाय, अपराध के थियो ?
साउदी अरबको मक्कामा दुई जनालाई मृत्युदण्डको सजाय दिइएको छ । साउदी अरब सरकारले यसबारे जानकारी दिएका हुन् ।
यो सजाय दाइ–बहिनीलाई दिइएको हो । दुईलाई आफ्ना आमाबुवा र दाइ बहिनीको हत्यामा दोषी पाइएको थियो ।
अल अरेबियाको खबर अनुसार अब्दुल्ला अजिज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहूदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको औषधी मिसाइदिएकी थिइन् ।
त्यसपछि यी दुई दाइ–बहिनीले आफ्नी आमा र एक भाइलाई सुतिरहेका बेला गोली हानी हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्को भाइलाई पनि गोली हानियो ।
साउदी सरकारका अनुसार अपराधपछि दुई जना मिलेर शवलाई एउटा स्थानमा लिएर गएको र त्यहाँ आफ्ना बुवालाई बोलाएर उनलाई पनि गोली हाने ।
सरकारका अनुसार यी दाइ बहिनीले पूरा घरलाई आगो लगाइदिएको र ग्यास लिक भएका कारण सल्किएको आगोमा परी सबै जना मरेको बताए ।
साउदी सरकारले सुरक्षा र स्थिरता यथावत् राख्नका लागि आफू प्रतिबद्ध भएको र यस्तो अपराध गर्नेले निश्चित रूपमा सजाय पाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण