मन्त्रीको शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले फिर्ता बोलायो

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो ।
शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए । तर पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको लागि रोकिएको हो ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।
नाउपाको सो पत्रपछि सुदूरपश्चिम मन्त्री परिषद् विस्तारको कार्य पुनः अन्योल सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने