लुम्बिनी प्रदेश सभाबाट दुई वटा विधेयक प्रमाणीकरण
बुटवल । लुम्बिनी प्रदेश सभाले पास गरेको दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।
मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०८०/२०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।
त्यस्तै, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको छ ।
उता, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश भएको छ । मुख्यमन्त्रीको तर्फबाट गृहमन्त्री सन्तोषकुमार पाण्डेले सो प्रस्ताव पेश गरेका हुन् ।
बैठकमा सैद्धान्तिक छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरुले निजामती कर्मचारी विधेयकको प्रस्तावमा छुटेका कुराहरु समावेश गर्न आग्रह गरेका छन् । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विज्ञहरूसँग गहिरो छलफल नगरिएकाले विधेयकको प्रस्तावमा मुख्य विषयहरू गम्भीरतापूर्वक समावेश नभएको बताए ।
यस्तै, प्रदेशसभाका सदस्यहरु मिनाकुमारी श्रेष्ठ, रत्नबहादुर खत्रीले जनतालाई दिने सेवालाई प्राथमिकतामा राखेर कर्मचारीहरुलाई उत्साहित बनाउने गरी विधेयक नआएको धारणा राखेका थिए ।
गृहमन्त्री पाण्डेले सुझावलाई सकारात्मक रुपमा लिएका बताउँदै संघीयता कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताए ।
मंगलवरको बैठकमा विधेयक माथिको सैद्धान्तिक छलफल सकिएको छ । सभामुख तुलाराम घर्तीले विधेयक उपर संशोधन राख्न ७२ घण्टाको समय दिँदै अनुसूची फारम भरेर प्रदेश सचिवलाई बुझाउन जानकारी दिएका छन् ।
२१ औं बैठक बुधवार दिउँसो १ बजे बस्ने गरी सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण