बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जब मन्दिर परिसरमा १ लाख ‘गाडधन’ भेटियो..., तस्बिरहरु

मङ्गलबार, ०९ साउन २०८०, १९ : ४४
मङ्गलबार, ०९ साउन २०८०

विराटनगर । मोरङको मिक्लाजुङ–९, मधुमल्ला बजारस्थित भगवती शिव राधाकृष्ण दुर्गा मन्दिर परिसरमा गार्डेन बनाउने क्रममा १ लाख ६ हजारभन्दा बढी रकम भेटिएको छ ।

उक्त रकम भेटिएपछि धेरैले गाडधन भन्दै सामाजिक सञ्जालमा भाइरल गरेका छन् । मिक्लाजुङ गाउँपालिका–९ का वडाध्यक्ष सेमन्तराज दाहालले पूजारीले गाडेर राखेको पैसा फेला परेको बताए । 

gardan (1)

मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा गार्डेन बनाइसकेर सरसफाइ गर्न खन्ने क्रममा चार दिन अगाडि रकम राखिएको आधा दर्जन पोका फेला पारेको थियो । उक्त पोकामा काम लाग्ने १ लाख ६ हजार १ सय रुपैयाँ रहेको र १० हजार भन्दा बढी रकम काम नलाग्ने अवस्थामा रहेको फेला परेको छ ।

‘त्यहाँ पूजारीहरु बस्थे । उनीहरु कोही आफन्त नभएका मानिसहरु हुन् । उनीहरुलाई भत्ता आउँथ्यो । मन्दिरभित्र सुरक्षित राख्ने ठाउँ थिएन । त्यही भएर उनीहरुले सुरक्षित ठाउँमा राख्ने भनेर गाडेको हुन सक्छ । बाँस्तोला थरका पूजारीले गाडेको हो कि भन्ने अनुमान गरिएको छ,’ अध्यक्ष दाहालले भने । 

gardan (2)

यता, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन नेपालले उक्त मन्दिर २०१२ सालमा स्थापना भएको बताए । मन्दिरमा पैसा कसले, किन राखेको भन्ने विषयमा केही अनुमान गर्न नसकिने उनले बताए । 

‘यहाँ तीनवटा कुटी छ । कुटीमा पहिले वृद्धवृद्धा अनि पूजारीहरु बस्थे । उनीहरुको त्यहीं मृत्यु भयो । तर, यो पैसा कसले किन राख्यो भन्ने थाहा भएन,’ नेपालले भने । मन्दिरमा लट्टे बाबा, मानबहादुर कार्की, नाम थाहा नभएका बाँस्तोला बा, ढकाल बा त्यहाँ बस्ने गरेको उनले सुनाए । 

Poiso (1)

भेटिएको रकम मन्दिरको आम्दानीको स्रोतमा राखिएको छ । गन्न नसकिने खालको पैसा राष्ट्र बैंकको सहयोगमा साट्न पहल गरिने नेपालले बताए । ‘पोलिथिनभित्र पिठोको प्याकेटमा तथा प्लाष्टिकमा बाँधेर पोका पोका पारिएर राखिएको थियो । दुई तीनवटा प्लाष्टिकमा पोको पारिएको पैसा चाहिँ बचेको देखियो । एउटा पोलिथिनभित्र राखिएको पैसा भने कुहिएर नचिनिने भएको छ,’ नेपालले भने । 

भेटिएको र चिनिने पैसा गणतन्त्र स्थापना पछि छपाइएको पैसा रहेको उनले बताए । अहिले पनि एकजना पूजारी त्यहाँ बसिरहेका छन् । उक्त मन्दिर मिक्लाजुङ गाउँपालिकाकै पुरानो मन्दिर रहेको नेपालको दाबी छ । 

Poiso (2)Poiso (3)Poiso (4)Poiso (5)Poiso (6)Poiso (7)Poiso (8)Poiso (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप