जब मन्दिर परिसरमा १ लाख ‘गाडधन’ भेटियो..., तस्बिरहरु
विराटनगर । मोरङको मिक्लाजुङ–९, मधुमल्ला बजारस्थित भगवती शिव राधाकृष्ण दुर्गा मन्दिर परिसरमा गार्डेन बनाउने क्रममा १ लाख ६ हजारभन्दा बढी रकम भेटिएको छ ।
उक्त रकम भेटिएपछि धेरैले गाडधन भन्दै सामाजिक सञ्जालमा भाइरल गरेका छन् । मिक्लाजुङ गाउँपालिका–९ का वडाध्यक्ष सेमन्तराज दाहालले पूजारीले गाडेर राखेको पैसा फेला परेको बताए ।
_Okk9lZGuWc.jpg)
मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा गार्डेन बनाइसकेर सरसफाइ गर्न खन्ने क्रममा चार दिन अगाडि रकम राखिएको आधा दर्जन पोका फेला पारेको थियो । उक्त पोकामा काम लाग्ने १ लाख ६ हजार १ सय रुपैयाँ रहेको र १० हजार भन्दा बढी रकम काम नलाग्ने अवस्थामा रहेको फेला परेको छ ।
‘त्यहाँ पूजारीहरु बस्थे । उनीहरु कोही आफन्त नभएका मानिसहरु हुन् । उनीहरुलाई भत्ता आउँथ्यो । मन्दिरभित्र सुरक्षित राख्ने ठाउँ थिएन । त्यही भएर उनीहरुले सुरक्षित ठाउँमा राख्ने भनेर गाडेको हुन सक्छ । बाँस्तोला थरका पूजारीले गाडेको हो कि भन्ने अनुमान गरिएको छ,’ अध्यक्ष दाहालले भने ।
_Yccoq6t7E2.jpg)
यता, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन नेपालले उक्त मन्दिर २०१२ सालमा स्थापना भएको बताए । मन्दिरमा पैसा कसले, किन राखेको भन्ने विषयमा केही अनुमान गर्न नसकिने उनले बताए ।
‘यहाँ तीनवटा कुटी छ । कुटीमा पहिले वृद्धवृद्धा अनि पूजारीहरु बस्थे । उनीहरुको त्यहीं मृत्यु भयो । तर, यो पैसा कसले किन राख्यो भन्ने थाहा भएन,’ नेपालले भने । मन्दिरमा लट्टे बाबा, मानबहादुर कार्की, नाम थाहा नभएका बाँस्तोला बा, ढकाल बा त्यहाँ बस्ने गरेको उनले सुनाए ।
_i5n4QZtaGN.jpg)
भेटिएको रकम मन्दिरको आम्दानीको स्रोतमा राखिएको छ । गन्न नसकिने खालको पैसा राष्ट्र बैंकको सहयोगमा साट्न पहल गरिने नेपालले बताए । ‘पोलिथिनभित्र पिठोको प्याकेटमा तथा प्लाष्टिकमा बाँधेर पोका पोका पारिएर राखिएको थियो । दुई तीनवटा प्लाष्टिकमा पोको पारिएको पैसा चाहिँ बचेको देखियो । एउटा पोलिथिनभित्र राखिएको पैसा भने कुहिएर नचिनिने भएको छ,’ नेपालले भने ।
भेटिएको र चिनिने पैसा गणतन्त्र स्थापना पछि छपाइएको पैसा रहेको उनले बताए । अहिले पनि एकजना पूजारी त्यहाँ बसिरहेका छन् । उक्त मन्दिर मिक्लाजुङ गाउँपालिकाकै पुरानो मन्दिर रहेको नेपालको दाबी छ ।
_akqr62EL6S.jpg)
_XEmbk4NdXS.jpg)
_Lnv0KrhsSK.jpg)
_04LUIZypno.jpg)
_XEOj3HMy6l.jpg)
_38DJtTTQw2.jpg)
_xlBYP0fUUu.jpg)
_oPbfwDQvzf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण