हर्कराज राजस्वको नियन्त्रणमा आइसकेका थिए, भारतीयको फोन बजिरह्यो !
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब १ सय किलो सुन बरामद हुँदा सुनसँग कनेक्सन देखिएका हर्कराज राई बुढानिलकण्ठमा थिए । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय हर्कराज केही समयदेखि बुढानिलकण्ठमा बस्दै आएका छन् ।
साउन ३ मा मध्यराति राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले उनलाई बुढानिलकण्ठस्थित चपलीबाट नियन्त्रणमा लियो । राजस्वले उनलाई पुल्चोकस्थित विभागको कार्यालयमा ल्याउँदै थियो । हर्कराजको फोन लगातार बजिरह्यो । फोन गर्नेको नाम थियो–‘थाप्तेन ।’
उनी हुन्, भारतस्थित पुरानो दिल्ली घर भएर पानी पोखरीमा बस्दै आएका थाप्तेन छिरिङ । त्यसपछि पोल खुल्यो, तिब्बत मुलका ५३ वर्षीय थाप्तेन पनि करिब ८० देखि १०० किलो सुन तस्करीमा संलग्न छन् ।
राजस्वका अधिकारीहरुले हर्कराजलाई दबाव दिए– ‘थाप्तेनलाई बोलाउ ।’ थाप्तेन छिरिङलाई पनि राजस्वको टिमले त्यसैरात पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
साउन ४ मा राजस्व अनुसन्धान विभागले छिरिङ बस्ने पानी पोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरेको छ । थाप्तेन बस्ने फ्ल्याटबाट सुनसँग सम्बन्धित महत्वपूर्ण कागजात बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जिक्वाङ लिनसहित १६ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण