बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

X :  कारदेखि बच्चाको नामसम्म, एलन मस्कको यो प्रेमको रहस्य के हो ?

बुधबार, १० साउन २०८०, १६ : ४३
बुधबार, १० साउन २०८०

एलन मस्कले के गर्न सक्छन्, यसबारे सबैभन्दा ताजा उदाहरण ट्विटरको नाम र लोगो परिवर्तनपछि थाहा पाउन सकिन्छ । अघिल्लो वर्ष भारी रकम लगानी गरेर उनले माइक्रो ब्लगिङ साइट किनेका थिए । त्यसपछि उनले उक्त प्लेटफर्ममा धेरै परिवर्तन गरे तर गत सोमबार अर्थात् ८ साउनमा उनले यसको नाम पनि फेरेर ‘X’ राखेका छन् । नामसँगै ट्विटरको लोगो पनि परिवर्तन गरेका छन् । तर यो सबै एकै दिन भएको भन्ने होइन । एक्स अक्षरप्रति उनको प्रेम २३ वर्ष पुरानो हो । आज मस्कको यो प्रेमबारे कुरा गरौँ ।

सन् १९९९ मा ‘एक्स’ नामबाट खोले बैङ्क

टेस्ला र स्पेस एक्स भन्दा धेरै अगाडि, मस्कले सन् १९९९ मा ‘एक्स डट कम’ नामबाट अनलाइन बैङ्क दर्ता गराएका थिए । तर, मस्कले यो बैङ्क लामो समयसम्म चलाउन सकेनन् र २ वर्षमै यो अर्को कम्पनीमा विलय भयो । मस्कलाई एक्स डट कमको सिइओ पदबाट पनि हटाइयो । मर्जरपछि सन् २००१ मा दुवै कम्पनीलाई मिलाएर नयाँ भुक्तानी कम्पनी गठन भएको थियो, जसलाई आज हामी ‘पेपाल’ भनेर चिन्छौँ । मस्क कम्पनीको हिस्सा नभएपनि एक्स प्रति उनको प्रेम यथावत् रह्यो । १६ वर्षपछि उनले सन् २०१७ मा ‘पेपाल’ बाट ‘एक्स डट कम’ खरिद गरे । डिलपछि मस्कले ट्विट गरेर भनेका थिए, ‘भलै आज यो डोमेन (एक्स डट कम) का लागि कुनै योजना छैन तर मेरा लागि यसको भावनात्मक मूल्य अत्यधिक छ ।’

मोडल एक्स सँग प्रेम

टेस्लाको सबैभन्दा लोकप्रिय एसयुभी सन् २०१५ मा लन्च भएको थियो । यसको नाम मोडल एक्स राखियो । नामबाहेक मोडल एक्समा थुप्रै विशेषता पनि थिए । यो मोडल एसयुभी सेगमेन्टमा पाँच तारे सेफ्टी रेटिङ पाउने पहिलो कार थियो । कार त जमिनमा गुड्छन् तर मस्कले आफ्नो ‘एक्स’ प्रेमलाई आकाश पनि लिएर गए । हामी कुरा गरिरहेका छौँ उनको कम्पनी ‘स्पेस एक्स’ को  । स्पेस एक्सले अन्तरिक्षमा रकेट र स्पेसक्राफ्ट पठाउने काम गर्छन् । स्पेसएक्स अन्तरिक्षमा यान पठाउने पहिलो कम्पनी हो ।

सन्तान प्रेममा पनि ‘एक्स’ झल्किन्छ

कम्पनीका साथै ‘एक्स’ नामका लागि मस्कको प्रेम निजी जीवनमा पनि देखिन्छ । मस्क क्यानेडेली गायिका ग्राइम्सबाट जन्मिएकाे आफ्नो सन्तानलाई ‘एक्स’ भनेर नै बोलाउँछन् । सन् २०२० मा बच्चा जन्मिएलगत्तै उनले ट्विटरमा लेखेका थिए – X Æ A-12 Musk । यद्यपि, पछि ग्राइम्सले यसका लागि स्पष्टीकरण दिँदै Æ को अर्थ प्रेम भएको र A-12 अमेरिकी एयरफोर्सको स्पेसक्राफ्ट Archangel-12 बाट लिइएको हो ।

यद्यपि, मस्कलाई एक्ससँग यति प्रेम किन छ भनेर सिधा जवाफ छैन । मस्कका अनुसार उनलाई यो प्रेमको कारण थाहा छैन तर एक्स हरेक स्टाइलमा मिल्छ । सायद त्यसैले उनले ठुलो लगानी गरेर किनेको कम्पनीको नाम पनि एक्स राख्न चाहेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप