सिक्किममा १२ महिनाको सुत्केरी बिदा
सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइएको भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ ।
मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन –एसएससीएसओए० को वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियममा परिवर्तन गरिने बताएका छन् ।
उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ । बाँकी जानकारी छिट्टै सूचित गरिनेछ ।’
मातृत्व लाभ ऐन, १९६१ अनुसार महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था छ ।
सिक्किममा भारतको सबैभन्दा कम जनसंख्या ६.३२ लाख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण