सिक्किममा १२ महिनाको सुत्केरी बिदा

सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइएको भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ ।
मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन –एसएससीएसओए० को वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियममा परिवर्तन गरिने बताएका छन् ।
उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ । बाँकी जानकारी छिट्टै सूचित गरिनेछ ।’
मातृत्व लाभ ऐन, १९६१ अनुसार महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था छ ।
सिक्किममा भारतको सबैभन्दा कम जनसंख्या ६.३२ लाख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर