शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीले भने, ‘मोदी मणिपुरबारे केही भन्दैनन् किनभने...’

बिहीबार, ११ साउन २०८०, १६ : ५८
बिहीबार, ११ साउन २०८०

भारतीय कांग्रेस नेता राहुल गान्धीले मणिपुरको मुद्दामा भाजपालाई निशाना बनाएका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धेरै प्रश्नहरू सोधेका छन् । राहुल गान्धीले प्रधानमन्त्रीले मणीपुरबारे अहिलेसम्म केही किन भनेनन् भनेर आश्चर्यमा परिरहेका होलान् भनेका छन् । 

भारतीय युवा कांग्रेसको कार्यक्रममा राहुलले भने, ‘तपाईंले आशा गर्नुभएको होला कि पूरा प्रदेश जलिरहेका बेला प्रधानमन्त्रीले केही न केही भन्नेछन् । प्रधानमन्त्रीले हवाई जहाजमा गएर कम्तीमा मणिपुरको राजधानी इम्फालमै किन नहोस्, मानिससँग कुरा गर्नेछन् भन्ने लाग्दो हो । कांग्रेसका प्रधानमन्त्री भएको भए त उनी त्यहाँ नै बस्ने थिए ।’

‘तर मोदीले केही पनि भन्दैनन् किनभने उनी आरएसएसका प्रधानमन्त्री हुन् । उनको मणिपुरसँग कुनै लेनदेन छैन । उनलाई थाहा छ कि उनको विचारधाराले मणिपुरलाई जलाएको हो । ’

भाजपामाथि निशाना साँध्दै उनले भने, ‘उनीहरू सत्तामात्रै चाहन्छन् । यसका लागि उनीहरू जे पनि गर्न सक्छन् ।’ राहुलले भने, ‘आरएसएस र कांग्रेसबीच जुन लडाइँ चलिरहेको छ, त्यो विचारधाराको हो ।’

उनले थपे, ‘कांग्रेसको विचारधारा संविधानको रक्षा, देशलाई जोड्ने र सामाजिक असमानताविरुद्ध लड्ने हो । तर आरएसएस र भाजपा छानिएका मानिसले देश चलाउन् सबै एजेन्सीमाथि उनीहरूको नियन्त्रण रहोस् र केही मानिसको हातमा मात्रै धन होस् भन्ने चाहन्छन् ।’

राहुल गान्धीले भनेका छन्, ‘मणिपुरमा भाजपाले घृणाको बजार खोलेका छन्, अब हाम्रो काम हामी त्यहाँ गएर प्रेमको पसल खोल्नु हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप