प्रस्तावित ६ राजदूतमाथि ९ दिनमा एउटा मात्रै उजुरी
काठमाडौँ । सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतहरूमाथि संसदीय सुनुवाई समितिमा एउटा मात्र उजुरी परेको छ । नियुक्ति प्रक्रियाका लागि गत साउन ३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गरेको थियो ।
भोलिसम्म उजुरी दिने अन्तिम म्याद रहेकोमा हालसम्म एउटा मात्र उजुरी परेको समितिका सहसचिव निर्मलादेवी लामिछानेले रातोपाटीलाई जानकारी दिइन् । भोलिसम्म उजुरी दिने म्याद रहेपनि भोलि शनिबार परेकोले आइतबारसम्म उजुरी दिने समय रहेको लामिछानेले बताइन् ।
एकजना उजुरीकर्ताले समितिमा आएर उजुरी दर्ता गराएर गएको उनले बताइन् । उजुरी गर्ने म्याद सकिएपछि समितिले उजुरीकर्तालाई समितिमा बोलाएर छलपफल गर्नेछ । त्यसपछि प्रस्तावित राजदूतहरुमाथि संसदीय सुनुवाई प्रक्रिया शुरु हुनेछ ।
सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस गरेको छ ।
सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरूका प्रतिनिधिहरूको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि सुनुवाई समितिले १० दिने सूचना जारी गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण