आईफोन किन्न आमाबाबुले बेचे आठ महिनाको बच्चा
आमाबुवाले आईफोन किन्नका लागि आफ्नो आठ महिनाको सन्तान बेचेका छन् । पश्चिम बंगालको राजधानी कोलकाता नजिकैको उत्तर २४ परगना जिल्लाको ब्याराकपुरमा एक दम्पतीलाई प्रहरीले आईफोन १४ किन्न आफ्नो आठ महिनाको छोरालाई बेचेको आरोपमा पक्राउ गरेको छ ।
यो जोडी बाहेक प्रहरीले बच्चा किन्ने महिला प्रियंका घोषलाई पनि पक्राउ गरेको छ ।
एक प्रहरी अधिकारीले यसबारे जानकारी दिएका हुन् ।
यी अधिकारीका अनुसार दम्पतीले सोधपुछका क्रममा सामाजिक सञ्जालका लागि रिल बनाउनका लागि राम्रो फोन किन्नका लागि आफ्नो छोरा बेचेको स्वीकार गरेका छन् । छोरा बेचेबापत् पाएको पैसाले उनले आइफोन मात्रै किनेनन्, दिघालगायत धेरै ठाउँमा घुम्न पनि गएका थिए ।
यो कुरा करिब डेढ महिना पुरानो हो तर यो साता मात्रै यसबारे थाहा भएको हो ।
प्रहरीले बालककी आमालाई पक्राउ गरी सोधपुछ गरेको छ । प्रहरीले खर्डा क्षेत्रस्थित प्रियंका घोषको घरबाट बालकलाई बरामद गरेको छ ।
बालकका बुबा जयदेव फरार थिए । तर अहिले उनी पनि पक्राउ परेका छन् ।
प्रहरीले तीनै जनाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
जयदेव दम्पतीका छिमेकीबाट प्राप्त जानकारीका आधारमा यस विषयमा जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।
जयदेवको आठ महिनाको बालक केही दिनदेखि नदेखेको र घरबाट रोएको आवाज पनि नआएको छिमेकीले प्रहरीलाई बताएका थिए । दम्पतीको हाउभाउमा पनि परिवर्तन आएको देखिएको छिमेकीले प्रहरीलाई बताए ।
आर्थिक सङ्कटबाट गुज्रिरहेको दम्पतीको हातमा आइफोन देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण