विवेकशील साझाले सार्वजनिक गर्यो राजनीतिक दस्ताबेज र वार्षिक कार्यनीति
काठमाडौँ । विवेकशील साझा पार्टीले छैटौँ स्थापना दिवसको अवसरमा पार्टीको राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।
पार्टी मुख्यालय बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा वास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
सो समारोहमा पार्टी जीवनका विभिन्न कालखण्डमा योगदान गरेका अगुवाहरुलाई कृतज्ञता पत्र प्रदान गरिएको केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिए ।
समारोहमा पार्टीका दिवंगत संस्थापक नेताहरु उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरुण शाक्यलाई विशेष स्मरण गरिएको बताइएको छ ।
प्रमुख थापाका अनुसार वार्षिकोत्सवको अवसरमा पार्टीले शनिबार वृक्षारोपण र रक्तदानको आयोजना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण