आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाले सार्वजनिक गर्‍यो राजनीतिक दस्ताबेज र वार्षिक कार्यनीति

शुक्रबार, १२ साउन २०८०, १९ : ३४
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । विवेकशील साझा पार्टीले छैटौँ स्थापना दिवसको अवसरमा पार्टीको राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। 

पार्टी मुख्यालय बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा वास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सो समारोहमा पार्टी जीवनका विभिन्न कालखण्डमा योगदान गरेका अगुवाहरुलाई कृतज्ञता पत्र प्रदान गरिएको केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिए । 

समारोहमा पार्टीका दिवंगत संस्थापक नेताहरु उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरुण शाक्यलाई विशेष स्मरण गरिएको बताइएको छ ।

प्रमुख थापाका अनुसार वार्षिकोत्सवको अवसरमा  पार्टीले शनिबार वृक्षारोपण र रक्तदानको  आयोजना गर्दैछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप