विकासशील मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सबै मिल्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सरकार, नियामक निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले सहुलियतपूर्ण कर्जा र अनुदान पाइरहेको उल्लेख गर्दै नेपाल स्तरोन्नति भइसकेपछि पाउँदै आएको अनुदान हट्दै जाने भएकाले त्यसबारेमा सबै निकायले सोच्नुपर्ने बताए ।
अध्यक्ष अग्रवालले निर्यातमा आबद्ध उद्योगी व्यवसायीहरुलाई यसबाट पर्न असर र कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना सरकारले सोच्नुपर्ने बताए । उनले सरकारले आगामी दिनमा निर्यात प्रोत्साहनका लागि कस्तो नीति लिन खोजेको छ भन्ने विषयमा निजी क्षेत्रले थाहा पाउनुपर्ने बताए । अध्यक्ष अग्रवालले निर्यात बढाउन उत्पादकत्व बढाउने र उत्पादकत्व लागत घटाउने काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले नेपालले पाइँदै आएको सहुलियत भविष्यमा रोकिनसक्छ भनेर अहिले नै पछि हट्न नहुने बताए । उनले नेपाल कम विकसित राष्ट्र भएकाले पाउने धेरै सहायता घटेपनि विकासशील मुलुकमा बढुवा हुँदा खुल्ने नयाँ प्रकारका अवसरलाई बुझ्नुपर्ने बताए ।
फुँयालल नयाँ अवसरका लागि सरकारले तयारी गरिरहेको र यसमा निजी क्षेत्रले पनि साथ दिनुपर्ने बताए । उनले नेपालको आर्थिक विकासका लागि अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा बढुवा भएर जानैपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण