लघुकथा : सुम्लो
“हैन के भयो बाबु ?” बिहान गिलासभरी दूध र ड्राई फ्रुट्स खुवाएर पठाएको छोरा खोच्याउँदै आएको देखेर बुबाले सोध्नु भयो ।
छोरा पीडाले नाक खुम्च्यायो तर ओठमा मुस्कान थियो । भन्न लाज माने जस्तै गरेर “खास केही होइन” भन्यो ।
“हिँड्नै सकेको छैन, केही होइन भन्छ । कलेजमा झगडा पर्यो जस्तो छ ।” बुबाले अनुमान गरेर भन्नु भयो ।
“बाबाले जनआन्दोलनमा लट्ठी खानु भएको थियो ?” छोराले सोध्यो ।
“ल, यसले त आज प्रहरीकै गजब कुटाइ खाए जस्तो छ ।” आफ्नो पुरानो पीडा सम्झँदै बुबा आत्तिनु भयो ।
“अस्ति पनि त्यही ठाउँमा हामी जस्तैले गर्दा ठुलो दुर्घटना भएको रहेछ ।” छोराले अझ कुरालाई बेर्दै गयो ।
‘स्पष्ट भन्, अब जेरी घुमाए जस्तै कुरा न घुमा ।” बुबालाई रिस उठ्यो तर हातमा भने प्राथमिक उपचारको बाकस थियो ।
“वरिपरिका मान्छे जम्मा भएर ट्राफिक जाम भइसकेको रहेछ । प्रहरीले अस्तिको रिस पोखिहाल्यो ।” उसले भन्यो ।
“के गरेको थिइस् र ?” बुबाले सोध्नु भयो ।
“कलेजबाट फर्कँदै थियौँ, चोकमा आएपछि सरिताले यो चोकमा टिकटक बनाउँछु फोटो खिचिदेऊ न भनी, त्यसपछि त...” उसले दायाँ खुट्टा सुम्सुम्याउदै भन्यो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण