व्हाट्सएपमा भिडियो म्यासेजको फिचर
काठमाडौँ । इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले भिडियो म्यासेजको फिचर ल्याएको छ । यो सुविधाको सहायताले प्रयोगकर्ताहरूले छोटो भिडियो सन्देश पठाउन सक्छन्। ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकलगायत अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत यसबारे जानकारी दिए।
उनले लेखेका छन्, ‘हामी ह्वाट्सएप च्याटमा भिडियो सन्देशलाई तत्कालै रेकर्ड गर्न र सेयर गर्ने क्षमता थप्दैछौँ। यो द्रुत अडियो सन्देश पठाउन जत्तिकै सजिलो छ।’ यससँगै उनले यो फिचरको भिडियो पनि सेयर गरेका छन् ।
व्हाट्सएपको यो सुविधा मार्फत प्रयोगकर्ताहरूले ६० सेकेन्डसम्मको रियल टाइम भिडियो रेकर्ड गरेर पठाउन सक्छन्। कम्पनीको दाबी छ कि यी सन्देशहरू पनि इन्ड-टु-एन्ड इन्क्रिप्टेड हुनेछन्।
प्रयोगकर्ताहरूले अडियो सन्देश विकल्पमा ट्याप गरेर भिडियो सन्देश सुविधा पहुँच गर्न सक्छन् । प्रयोगकर्ताले अडियो मेसेजको विकल्पमा एक पटक ट्याप गरेपछि त्यहाँ भिडियो सन्देशको विकल्प देखा पर्नेछ, त्यसपछि उक्त विकल्पमा थिचेर भिडियो रेकर्ड गरी पठाउन सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण