बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन

ढाका । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।
राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन् भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।
विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् ।
शहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएका छन् । केही प्रहरी अधिकारी घाइते भएका ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक अहमदले एएफपीलाई बताएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यास र रबरका गोली प्रहार गरिएको बताएका छन् । ढाका शहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
-
बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
-
सर्वोच्चमा थुप्रिँदै अदालतको अवहेलना मुद्दा
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव