विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु
शनिबार, १३ साउन २०८०, २० : ००
रोल्पा । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ।
विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।
गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए।
बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण