पहिरो खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध
आइतबार, १४ साउन २०८०, ०८ : ५८
पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अबरुद्ध हुन पुगेको छ ।
पहिरो खसेर राजमार्ग अबरुद्ध भएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन बिहान देखी नै पहिरो खुलाउने प्रयास भने गरिरहेको छ । कर्पोरेशनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको छ । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण