इटलीको तटमा भेटियो दुई हजार वर्ष पुरानो रोमन जहाजको भग्नावशेष
आइतबार, १४ साउन २०८०, ०९ : ४५
इटलीको तटमा दुई हजार वर्षभन्दा पुरानो एक प्राचीन रोमन जहाजको अवशेष पाइएको छ । यो मालवाहक जहाज रोमबाट करिब ८० किलोमिटर टाढा सिविटावेचिया बन्दरगाह नजिकै भेटिएको हो ।
जहाजभित्र केही पुराना टेराकोटा भाँडा पाइएका छन् । जहाज २० मिटरभन्दा लामो भएको अनुमान छ ।
यो १६० मिटरको गहिराइमा भेटिएको हो । प्रहरीका अनुसार भग्नावशेषलाई रिमोटबाट बच्ने एक रोबोटको मद्दतले खोजी गरिएको हो ।
जहाजको भग्नावशेषलाई बाहिर निकाल्ने काम गरिनेछ वा छैन भन्ने जानकारी छैन । जहाजको भग्नावशेषको खोज असामान्य होइन । भूमध्य सागर वरिवरि जहाज डुबेको अनुमान छ ।
सन् २०१८ मा करिब साढे दुई हजार वर्ष पुरानो एक जहाज बुल्गारियाको तटमा पाइएको थियो । आधिकारिक रूपमा यसलाई विश्वको सबैभन्दा पुरानो ज्ञात जहाजको भग्नावशेष मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण