राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति
काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै बर्तौलाले एकतापछि आन्दोलनको तयारीमा लाग्ने समेत बताए । पार्टी अध्यक्ष कमल थापाले सहमति पछि सामाजिक संजाल ट्विट मार्फत "राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बिच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने, संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गरी हिन्दुअधिराज्य,सुशासन र समृद्ध नेपाल निर्माण गर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने" जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण