नेप्से सूचक २१ सयको अंकमा झर्यो
आइतबार, १४ साउन २०८०, १६ : १२
काठमाडौँ । मौद्रिक नीतिपछि लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आइतबार पनि घटेको छ । आइतबार नेप्से सूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको हो ।
आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.१७ अंकले घट्दै ३९९.६६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
२६ अंकमाथिले नेप्से सूचक घटेको यस दिन २ अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।
यसदिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक २.३२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.०८ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.०७ प्रतिशतले घटेको छ । अन्य समूहहरूको उपसूचक २ प्रतिशत भन्दा कमले घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण