प्रधानन्यायाधीश नियुक्तिको वातावरण मिलाउन नेपाल बार एसोसिएसनको माग
काठमाडौँ । नेपाल बार एसोसिएसनले नयाँ प्रधानन्यायाधीश नियुक्तिको वातावरण चाँडो मिलाउन माग गरेको छ । प्रधानन्यायाधीशलाई ध्यानाकर्षण पत्र बुझाउँदै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक यथाशीघ्र राख्न एसोसिएसनले माग गरेको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद आगामी साउन २० गतेदेखि पुनः रिक्त हुँदैछ । त्यस्तै, एसोसिएसनको १५ औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णय बमोजिम जारी घोषणापत्रको प्रकरण नम्बर १ मा पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न आग्रह गर्दै सो प्रतिवेदनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन प्रभावकारी कदम चाल्न ध्यानाकर्षण समेत गराइएको छ ।
महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको कार्यकाल अत्यन्त छोरो रहेको परिप्रेक्ष्यमा उल्लिखित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै उक्त प्रतिवेदनलाई सर्वोच्च अदालतको पूर्ण बैठकले स्वामित्व ग्रहण गरी यथाशीघ्र कार्यान्वयनको प्रक्रिया सुरुवात गर्न, गराउन अनुरोध गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण