डिजिटल बैंकिङको थप लाइसेन्स नबाँड्न आग्रह
आइतबार, १४ साउन २०८०, १६ : १९
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले डिजिटल बैंकिङको थप लाइसेन्स नबाँड्न केन्द्रीय बैंकसँग माग गरेको छ ।
हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको अवस्था साँघुरिँदै गएको अवस्थामा स्वयम बैंकहरुले डिजिटल सेवा दिइरहेकामा थप सेवा प्रदायकहरुको आवश्यक नरहेको सीबीफीनले बताएको हो ।
खासगरी भुक्तानीका साधानहरु थप गर्न आवश्यक नरहेको सीबीफीनको भनाइ छ ।
हाल भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) गर्ने १० वटा कम्पनीसँगै भुक्तानी सेवा प्रदायक (पीएसपी) गर्ने २७ वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।
यी कम्पनीहरु नै प्राप्त भएकाले थप भुक्तानी सेवा प्रदायक कम्पनीका लागि लाइसेन्स नखुलाउन सीबीफीनले केन्द्रीय बैंकसँग आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण