सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने बताइन् । ‘सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई
व्यवस्थित गर्ने हो भने मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा हुनेछ । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने लागेको छ’ मन्त्री शर्माले भनिन्, ‘अब नेपालबाट विदेशमा श्रमिक होइन सेवा निर्यात गर्नसक्छौं । यसका लागि सरकारले सूचना प्र्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने छ ।’
उनले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताइन् । मन्त्री शर्माले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताइन् । उनले यसका लागि सरकारले सूचना प्र्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताइन् । उनले विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गरिन् ।
उनले भनिन्, ‘सूचना र प्रविधिको क्षेत्रलाई अघि बढाउनको निम्ति विश्वमा प्रविधिको विकास गरिरहेको छ । नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको छ । प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्छ । मन्त्रालय तयार छ ।’ शर्माले नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन् । उनले प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण