आगामी असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताएका छन् । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे । सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो । मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका शहीदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र विकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालका बिरामीलाई फलफूल वितरण गरे । उनले सो अस्पतालमा उपचाररत एक सय ५० जना बिरामीलाई फलफूल वितरण गरेका हुन् ।
काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका शहीदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी सङ्गठनले सो कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण