आगामी असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ : मन्त्री ज्वाला
_ZGtiheqhLP.jpg)
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताएका छन् । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे । सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो । मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका शहीदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र विकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालका बिरामीलाई फलफूल वितरण गरे । उनले सो अस्पतालमा उपचाररत एक सय ५० जना बिरामीलाई फलफूल वितरण गरेका हुन् ।
काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका शहीदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी सङ्गठनले सो कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
-
बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा