मिथिला नगरपालिकाको बजेट ८० करोड
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित करिब ८० करोड बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको मुख्यबजार क्षेत्र ढल्केवरमा आयोजित १२ औं नगरसभामा नगरप्रमुख महेन्द्र महतोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
महतोले चालूतर्फ ६२ करोड र पुँजीगत तर्फ १८ करोड गरि ८० करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् । नगरसभाको समुदघाटन सत्रमा बोल्दै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसको नेतृत्वमा जनताले देख्ने गरि विकास हुने बताए ।
कांग्रेसले गर्न थालेको विकास र नगरपालिकाको समुचित व्यवस्थापनबाट अतालिएर केहि समूह नगरसभामा नआएको भन्दै उनले गठबन्धन आवद्व शक्ति मिलेर नगरपालिकाको विकास गर्नुपर्नेमा जोड दिए । नगरसभामा गठबन्धन आवद्व माओवादी केन्द्र, नेकपा एस सहितका दलहरुको उपस्थिति थियो ।
एमालेले भने नगरसभा बहिस्कार गरेको थियो । नगरसभानै बहिष्कार गर्नु एमालेको गल्ती र अनुचित हठ रहेको उपस्थित नेताहरुको भनाइ थियो । नगर कार्यपालिकामा एमालेको बहुमत छ ।
नगरसभाको बन्द सत्र सोमवार नै सुरु भएको र बजेट बाँटफाँटका लागि पाँच सदस्यीय समिति समेत गठन भएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण