सिचुआन एयरलाइन्सले काठमाडौं–छेङ्दुको उडान संख्या बढाउने

काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु उडान सख्या वृद्धि गर्ने भएको छ । कम्पनीले सातामा सातवटै उडान नियमित गर्नेगरी अन्तिम तयारी गरेको हो ।
हाल सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु रुटमा सातामा ४ वटा मात्र उडान भर्दै आएको छ ।
नेपाल–चीन यात्रुहरुको संख्यामा वृद्धि भएसँगै कम्पनीले आगामी अगस्टदेखि नियमित सातामा सातवटा उडान भर्ने तयारी गरेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछि रोकिएको नेपाल–चीन हवाई उडान सिचुआन एयरलाइन्सले गत मार्चबाट मात्र नियमित उडान शुरु गरेको थियो । सेप्टेम्बर लागेसँगै चिनियाँ पर्यटकको आउजाउ बढ्ने भएकाले कम्पनीले उडान थप्न लागेको जनाएको छ ।
काठमाडौं–छेङदु सातामा ४ वटा उडान गर्दै आएको कम्पनीले थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नियमित उडानका गर्न चाहेको छ । यसका लागि कम्पनीले आवश्यक गृहकार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि