सिचुआन एयरलाइन्सले काठमाडौं–छेङ्दुको उडान संख्या बढाउने
काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु उडान सख्या वृद्धि गर्ने भएको छ । कम्पनीले सातामा सातवटै उडान नियमित गर्नेगरी अन्तिम तयारी गरेको हो ।
हाल सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु रुटमा सातामा ४ वटा मात्र उडान भर्दै आएको छ ।
नेपाल–चीन यात्रुहरुको संख्यामा वृद्धि भएसँगै कम्पनीले आगामी अगस्टदेखि नियमित सातामा सातवटा उडान भर्ने तयारी गरेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछि रोकिएको नेपाल–चीन हवाई उडान सिचुआन एयरलाइन्सले गत मार्चबाट मात्र नियमित उडान शुरु गरेको थियो । सेप्टेम्बर लागेसँगै चिनियाँ पर्यटकको आउजाउ बढ्ने भएकाले कम्पनीले उडान थप्न लागेको जनाएको छ ।
काठमाडौं–छेङदु सातामा ४ वटा उडान गर्दै आएको कम्पनीले थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नियमित उडानका गर्न चाहेको छ । यसका लागि कम्पनीले आवश्यक गृहकार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण