बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फुडमाण्डुको आशिंक शेयर हिमालयन क्यापिटललाई बिक्री

मङ्गलबार, १६ साउन २०८०, ११ : ४१
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक शेयर बिक्री गरेको छ ।
यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलकक्षेत्रहरूमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनि हो । फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । 

टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफल सहित विक्रि गर्न सफल भएको हो ।

सन् २०१० मा स्थापना भएको फूडमाण्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी कम्पनीको रुपममा काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप