बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पाँच दिनमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि

मङ्गलबार, १६ साउन २०८०, १६ : १६
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । बितेको ५ दिनमा मात्रै नेपालमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को आँकडा अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।  

ईडीसीडीका अनुसार सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण देखिएको छ । यस प्रदेशमा ३ हजार ८२१ केश पुष्टि भएको छ ।

यस्तै, दोस्रोमा बागमती प्रदेशमा ९६२ र गण्डकी प्रदेशमा ३५७ केश पुष्टि भएको छ । क्रमशः सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६  केस पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप