सुरेश अधिकारीको सिर्जनामाथिको प्रतिबन्ध फिर्ता

काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनामाथिको प्रतिबन्ध फिर्ता भएको छ । रेडियो प्रसारक संस्थाहरुले एक विज्ञप्ति जारी गर्दै अधिकारीको सृजनामाथिको आफूहरुले लगाएको प्रतिबन्ध फिर्ता गरेको जनाएका हुन् ।
संगीतकार अधिकारीले केही दिन अगाडि रेडियोहरुलाई आफूले लगाएको आरोप र गालीको विषयमा माफी मागेका थिए । सोही कारण मंगलबार रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले प्रतिबन्ध फिर्ता लिएका हुन् ।
‘सामाजिक सञ्जालमार्फत व्यक्त आफ्नो अभिव्यक्तिप्रति क्षमा याचना गर्दै सुरेश अधिकारीले सोही सञ्जालमा आत्मालोचना गर्नुका साथै स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाउनु भएको छ । यसका लागि उहाँप्रति सम्मान भाव प्रकट गर्दै सङ्गीत रोयल्टी सङ्कलन तथा वितरणलाई व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउने कार्यमा सहकार्य गर्न आह्वान गर्दछौं’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘साथै मिति २०८० साउन ४ गतेको बैठकबाट गरिएको संगीतकार अधिकारीका सिर्जना प्रसारण गर्न नसकिने भन्ने निर्णय आजैबाट फिर्ता लिएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत र प्रतिव्यक्ति आम्दानी १०८९ अमेरिकी डलर पुग्ने अनुमान
-
इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु
-
धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी