सुरेश अधिकारीको सिर्जनामाथिको प्रतिबन्ध फिर्ता
काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनामाथिको प्रतिबन्ध फिर्ता भएको छ । रेडियो प्रसारक संस्थाहरुले एक विज्ञप्ति जारी गर्दै अधिकारीको सृजनामाथिको आफूहरुले लगाएको प्रतिबन्ध फिर्ता गरेको जनाएका हुन् ।
संगीतकार अधिकारीले केही दिन अगाडि रेडियोहरुलाई आफूले लगाएको आरोप र गालीको विषयमा माफी मागेका थिए । सोही कारण मंगलबार रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले प्रतिबन्ध फिर्ता लिएका हुन् ।
‘सामाजिक सञ्जालमार्फत व्यक्त आफ्नो अभिव्यक्तिप्रति क्षमा याचना गर्दै सुरेश अधिकारीले सोही सञ्जालमा आत्मालोचना गर्नुका साथै स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाउनु भएको छ । यसका लागि उहाँप्रति सम्मान भाव प्रकट गर्दै सङ्गीत रोयल्टी सङ्कलन तथा वितरणलाई व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउने कार्यमा सहकार्य गर्न आह्वान गर्दछौं’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘साथै मिति २०८० साउन ४ गतेको बैठकबाट गरिएको संगीतकार अधिकारीका सिर्जना प्रसारण गर्न नसकिने भन्ने निर्णय आजैबाट फिर्ता लिएका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण