बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मेयरले ‘फादर्स डे’ मनाउन ‘स्ट्रिपर्स’ भाडामा लिएपछि...

बुधबार, १७ साउन २०८०, १६ : ३६
बुधबार, १७ साउन २०८०

एकजना मेयरले ‘फादर्स डे’ लाई विशेष र स्मरणीय बनाउन एक कदम अघि बढेर स्ट्रिपर्सलाई भाडामा लिएका छन् । क्लबमा अर्धनग्न भएर अश्लील नृत्य गर्ने स्ट्रिपर्सलाई ‘फादर्स डे’ को कार्यक्रममा नाच्न बोलाएपछि मेक्सिकोको चियापासका मेयर आलोचित बनेका छन् ।

हुन त मेक्सिकोमा फादर्स डे एक महिना अघि नै मनाइएको छ तर त्यहाँका ह्युहुयतानका पुरुषले यस वर्षको कार्यक्रमलाई भने सायद लामो समयसम्म सम्झिनेछन् किनभने त्यहाँका मेयर म्यानुएल एन्जेल भिलालोबोसले आफ्ना क्षेत्रका पुरुषलाई त्यस दिन सर्प्राइज दिए । 

जुन १७ को फादर्स डे कार्यक्रमका लागि मेयरले आफ्नो फेसबुक अकाउन्टमा जुन २ मा निम्तो कार्ड पोस्ट गरे । निम्तोमा कार्यक्रम विशेष हुने पनि बताइएको थियो । कार्यक्रम ‘शो, सर्प्राइज र प्रेजेन्ट’ ले भरिपूर्ण हुने बताउँदै रातो अक्षरमा बालबालिका र महिलालाई प्रवेश निषेध पनि लेखियो ।

तर फादर्स डे विशेष कार्यक्रमका तस्बिर र भिडियो मेयरले तीन दिनपछि सोसल मिडियामा सार्वजनिक गरे । उक्त कार्यक्रममा केही महिलाको पनि उपस्थिति थियो । तर कार्यक्रममा उपस्थित ती महिला स्ट्रिप शो सुरु हुने बित्तिकै आफ्ना बालबच्चा बोकेर कार्यक्रम स्थलबाट बाहिरिए ।  

stripperमेयरले राखेको  भिडियोमा अर्धनग्न महिलाले आफ्नो प्रस्तुति दिएको देख्न सकिन्छ । ती महिलाका नृत्य देखेपछि कोही पुरुष उत्साहित हुँदै स्टेजमा चढे, भुईँमा सुते र महिलालाई आफू माथि नाच्न लगाए ।

मेक्सिकोका केही समाचार माध्यमका अनुसार कार्यक्रममा महिला र बालबालिकालाई प्रवेश नदिएकोमा स्थानीय महिलाले असन्तोष व्यक्त गरेका थिए । 

‘ह्युहुयतान सिटी काउन्सिलले आयोजना गरेको फादर्स डे कार्यक्रममा उत्तेजक नृत्य प्रस्तुत गरिएकोमा हाम्रो आपत्ति छ । फादर्स डे परिवारमा बुवाको महत्त्व बुझाउनका लागि मनाइने गरिन्छ, महिलालाई वस्तुको रूपमा हेर्नका लागि होइन,’ स्थानीय महिलावादी संस्था ५०+१ कलेक्टिभ चियापास च्याप्टरले भनेको छ । 

यद्यपि, यसमा पुरुष सहभागीको भने कुनै गुनासो छैन । मेयर म्यानुएल भिलालोबोसले सोसल मिडियामा आफूले पोस्ट गरेको फोटो र भिडियो डिलिट गरेका छन् । 

सेयर भएको भिडियोमा उनले सहभागीलाई भनेका थिए, ‘यहाँ तपाईंहरु केही क्षणका लागि रमाइलो गर्न आउनुभएको हो ।  यो कार्यक्रम तपाईंका लागि बनाइएको हो । मलाई आशा छ तपाईंलाई यो मन पर्छ होला । यसलाई लामो समयसम्म सम्झिनुहुनेछ होला ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप