युभेन्ट्ससँग रियल म्याड्रिडको नमिठो हार
बिहीबार, १८ साउन २०८०, १० : ४४
काठमाडौँ । हाल अमेरिका भ्रमणमा रहेको इटालियन सिरिए क्लब युभेन्ट्सले बिहीबार खेलिएको प्रि—सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३—१ गोलले पराजित गरेको छ ।
युभेन्ट्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेल सुरु भएको पहिलो मिनेटमै युभेन्ट्सका लागि मोइस केनले पहिलो गोल गरेका थिए । निर्धारित समयको २० औं मिनेटमा टिमोथी वेहले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि निर्धारित समयको ३८ औं मिनेटमा रियल म्याड्रिडका भिनी जुनियरले गोल गर्दै खेललाई २—१ को स्थितिमा पुर्याएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा युभेन्ट्सका लागि डुसान भ्लाहोभिचले तेस्रो गोल थपेका थिए ।
स्वदेश फर्किनुअघि रियल म्याड्रिडले अमेरिकामा खेलेको यो अन्तिम खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण